काठमाण्डौ । एनएमबी बैंकको संचालक समितिको अध्यक्षमा पुनः पवनकुमार गोल्यान चयन भएका छन् । 

उनलाई नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले पद तथा गोपनीयताको सपथ खुवाएका छन् । 

पुस २४ गते बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल, ललितपुरमा सम्पन्न एनएमबि बैंक लिमिटेडकोे २४ औं वार्षिक साधारण सभाले गोल्याणलाई संस्थापक शेयरधनीको तर्फबाट संचालन चयन गरेको थियो । 

त्यसपछि बसेको संचालक समितिको बैठकले उनलाई अध्यक्ष चयन गरेको हो । संचालकको रुपमा विदेशी रणनीतिक साझेदार एफएमओको तर्फबाट संस्थापक शेयरधनी नीको पिल, कर्मचारी संचय कोषको तर्फबाट संस्थापक शेयरधनी राजेन्द्र काफ्ले, सर्वसाधारण शेयरधनीबाट शिरिषकुमार मुरारका, योगेन्द्रलाल प्रधान र उत्तम भ्लोन तथा स्वतन्त्र सञ्चालक प्रदिपराज पाण्डे चयन भएका बैंकले जनाएको छ ।