काठमाण्डौ । एनएमबि बैंकले आफ्नो लोकप्रिय ‘एनएमबि तलब खाता’ र ‘एनएमबि सुपर तलब खाता’मा परिष्कृत गर्दै त्यसमा विविधता थपेर नयाँ खाता योजनाहरु सञ्चालनमा ल्याएको छ । 

यस योजना अन्तर्गत खातावालहरुलाई रु.१८ लाख सम्मको कुल बीमा सुविधा प्रदान गरिन्छ । दुई नयाँ योजनाहरुमध्ये 'एनएमबि प्रिमियम तलबखाता’मा ग्राहकहरुलाई रु १० लाखसम्मको दुर्घटना मृत्यु बिमा, १८ प्रकारका घातक रोगहरुका लागि रु ५ लाखसम्मको वीमा सुविधा प्रदान गरिएको छ । 

यस्तै एनएमबि प्रिमियम सुपर तलबखाता’मा ग्राहकहरुले रु. १० लाख सम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुका लागि रु ७ लाखसम्म वीमा र रु १ लाखसम्मको स्वास्थ्य उपचार वीमाबाट लाभान्वित हुनसक्ने बैंकले जनाएको छ । 

यी खाताहरु शून्य मौज्दातमै खोल्न सकिने बताइएको छ । 

रकम मात्र नभई सुविधाको दायरा पनि बिस्तार गर्ने उद्देश्यको साथ ‘एनएमबि प्रिमियम तलब खाता’ र ‘प्रिमियम सुपर तलब खाता’ को सुरुवात गरिएको बैंकको प्रष्टोक्ति छ । 

ग्राहकको अतिरिक्त आवश्यकतालाई मध्यनजर गर्दैै यस प्रकारको खातामा वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको योजना ल्याएको बैंकले दाबी गरेको छ ।