काठमाण्डौ । एनएमबी बैंकले पनि आस्वा सेवामा सहभागिताको स्वीकृति पाएको छ । 

नेपाल धितोपत्र बोर्डबाट एप्लीकेसन सपोर्टेड बाई ब्लक्ड अमाउण्ट(आस्वा) सेवा प्रवाहका लागि यो बैंकले स्वीकृति पाएको हो । 

यो प्रविधिबाट शेयरमा लगानी गर्दा लगानी रकम लगानीकर्ताको खातामै रहने, रकमको ब्याज लगानीकर्ताले पाउने र शेयर परे पश्चात्तको रकम मात्र रोक्का रकमबाट कट्टिने भएकाले लगानीकर्तालाई थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

यसले  शेयर लगानी व्यवस्थापनको क्षेत्रमा अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुरुप नयाँ नियम र प्रणालीलाई सुदृढ बनाउन गरेको प्रयासमा थप सहायता पुग्ने विश्वास पनि लिइएको बैंकले प्रष्ट्याएको छ ।