काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही चैत २६ गते पोखरास्थित सिटी स्क्वायर पार्टी प्यालेसमा गर्ने निर्णय गरेको हो। सभामा मुख्य अजेन्डाका रुपमा गत वर्षका लागि प्रस्तावित लाभांश र अन्य वित्तीय संस्थासँग मर्जर प्रक्रिया थाल्ने विषयले प्रवेश पाउने छन्। 

सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १२.६३ प्रतिशत लाभांश अनुमोदन हुनेछ। जसमा चुक्तापुँजी ४० करोड ५० लाख १५ हजार ६२५ रुपैयाँको १२ प्रतिशतले हुने आउने ४ करोड ८६ लाख १ हजार ८७५ रुपैयाँ बोनस सेयर र ०.६३ प्रतिशतले हुन आउने २५ लाख ५७ हजार ९९३.४२ रुपैयाँबराबर नदग लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) रहेको छ। 

सभामा अन्य कुनै ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थासँग गाभ्ने गाभिने वा प्राप्तिसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने निर्णय पनि पारित हुनेछ। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले यही चैत १० गतेदेखि चैत २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब चैत ९ गतेसम्म कायम सेयरधनीहरुमात्र वार्षिक साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।