धनुषा। प्रदेश नं. २ सरकारलाई एनएमबी बैंकले चिकित्सकका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा समाग्री (पिपिई) सहयोग गरेको छ। 

कोरोना भाइरस (कोभिड—१९) उपचारका लागि सहयोग पुर्याउने उद्देश्य एनएमबी बैंकका निक्षेप प्रबन्धक मिथिलेश कुमार झाले आज विहान एक सय थान पिपिई मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गर्नुभयो। 

सो अवसरमा मुख्यमन्त्री राउतले कोरोना सङ्क्रमणको उपचारमा अत्यन्तै महत्वपूर्ण मानिएको स्वास्थ्य सामग्री पिपिईले उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाएर उत्साहित बनाउन सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो।

कार्यक्रममा प्रदेश नं. २ का सामाजिक विकासमन्त्री नवल किशोर साह, प्रदेशका मुख्यन्यायधिवक्ता दिपेन्द्र झा र चिकित्सकीय सल्लाहकार समूहका डा. राम केवल साहको उपस्थिति थियो।