काठमाण्डौ । एनएमबि बैंकले हालै सातै प्रदेशमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण सम्पन्न गरेको छ । बैंकले यी प्रयासहरुले भाइरसको फैलावट रोक्न मुलधारमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न सहयोग पुग्ने विश्वास लिएको बताएको छ । 

बैंकले सरकारलाई देशैभरी रहेका ७ वटै प्रदेश कार्यालय मार्फत ७०० पीपीइ बितरण गरिसकेको दाबी गरेको छ ।

देशमा भाइरसको महामारीको चर्चा भए लगतै बैंकले सरकारको कोभिड–१९ रोकथाम कोषलाई रुपैया १ करोड ५१ लाख, डा. महावीर पुनःको राष्ट्रिय आविष्कार केन्द्रलाई रुपैया ५ लाख, अनलाइन ब्यापारीहरुसँग पनि सम्झौता गरी उक्त संरचनाबाट गरिएको खरिदको अांशिक रकम कोभिड–१९ रोकथाम कोषमा प्रदान गरिने निर्णय गर्नुको साथै आफ्ना शाखा र प्रदेश कार्यालय मार्फत सरकारलाई अतिआवश्यक सामग्री सहयोगको हात अघि बढाएको जनाएको छ । 

“वर्तमान समयमा हामीले सामना गरिरहेको चूनौति हामी सबैको लागी अभूतपूर्व हो, यस परिस्थितिमा हामीलाई हाम्रो समुदायको लागी आ–आफ्नो क्षेत्रबाट प्रदान गर्न सक्ने महत्वपूर्ण भुमिकाको लागी उत्प्रेरित गर्दछ । एनएमबि बैंकले आफ्नो समुदाय र यसका ईकाइलाई दिगो भविष्यको मार्गचित्र कोर्न सदैव जोड दिएको छ र यस अवसरलाई सरकार र प्रत्यक्ष प्रभावित समुदायलाई यस महामारी विरुद्ध सहयोग पु¥याउने अवसरको रुपमा लिएका छौं ।” बैंकद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।