काठमाण्डौ । एनएमबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनएमबी हाइब्रिड फन्ड एल १ र एनएमबी ५० का इकाइधनीहरुका लागि आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रतिफल घोषणा गरिएको छ। 

एनएमबी क्यापिटलको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले दुवै म्युचुअल फन्डका इकाइधनीहरुका लागि प्रतिफल घोषणा गरिएको हो। जसअनुसार एनएमबी हाइब्रिड फन्ड एल १ का इकाइधनीहरुलाई करसहित ८ प्रतिशत र एनएमबी ५० का इकाइधनीहरुलाई करसहित ८ प्रतिशतका दरले नगद प्रतिफल वितरण गरिने घोषणा गरिएको छ। 

प्रतिफल वितरण प्रयोजनार्थ दुवै म्युचुअल फन्डको असोज १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ। यसको अर्थ असोज १५ गतेसम्म कायम इकाइधनीहरुमात्र यी म्युचुअल फन्डको प्रतिफल प्राप्त गर्न योग्य हुनेछन्।