काठमाण्डौ । एनएमबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनएमबी हाइब्रिड फन्ड एल–१ को प्रतिइकाइ खुद मूल्य (न्याभ) भदौ मसान्तसम्म १२.१० रुपैयाँ पुगेको छ। 

एनएमबी क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यो सातवर्षे म्युचुअल फन्डको न्याभ गत साउनको तुलनामा ६० पैसाले बढेको हो। गत साउनमा यो फन्डको न्याभ ११.५० रुपैयाँ रहेको थियो। 

यस म्यचुअुल फन्डले गत भदौसम्म ६.०४ प्रतिशतले लगानी बढाएको छ। गत साउनसम्म ९५ करोड ६० करोड रुपैयाँ लगानी गरेको यो फन्डले भदौ मसान्तसम्म बढाएर १ अर्ब १ करोड रुपैयाँ लगानी गरेको छ। 

यो योजनाले भदौ मसान्तसम्म सूचीकृत सेयरमा ५३ करोड ५३ लाख रुपैयाँ, सार्वजनिक निष्कासन, हकप्रद सेयर र बोनस सेयरमा १ करोड ५५ लाख रुपैयाँ, ऋणपत्र र बोन्डमा ३१ करोड ३१ लाख रुपैयाँ र मुद्दति निक्षेपमा १५ करोड रुपैयाँ लगानी गरेको छ। गत साउनसम्म सूचीकृत सेयरमा ४८ करोड ४९ लाख रुपैयाँ, सार्वजनिक निष्कासन, हकप्रद सेयर र बोनस सेयरमा १ करोड ७७ लाख रुपैयाँ, ऋणपत्र र बोन्डमा ३० करोड ३२ लाख रुपैयाँ र मुद्दति निक्षेपमा १५ करोड रुपैयाँ लगानी गरेको थियो। 

यो म्युचुअल फन्डको भदौ मसान्तसम्म कुल आय ६ करोड १६ लाख रुपैयाँ रहेको छ। गत महिनासम्म कुल आय २२ लाख ३१ हजार रुपैयाँ रहेको थियो। 

यस म्युचुअल फन्डले १८ वटा वाणिज्य बैंक, ५ वटा विकास बैंक, ११ वटा लघुवित्त, एउटा हाइड्रोपावर, एउटा होटेल्स, ४ जीवन बीमा कम्पनी, ८ वटा निर्जीवन बीमा कम्पनी, एउटा उत्पादन तथा प्रशोधन समूह, दुईवटा म्युचुअल फन्ड, अन्य समूहको एउटा कम्पनीमा लगानी गरेको छ।