काठमाण्डौ । एनएमवि लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामीमा राखेको सर्वसाधारण समूहको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज आइतबार अन्तिम मौका रहेको छ ।

संस्थाले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरी आवेदन माग गरेको थियो । त्यस क्रममा खरिद आवेदन नपरेका सर्वसाधारण समूहतर्फको १ लाख ८ हजार ७३३.१३ कित्ता सेयर संस्थाले गत माघ ५ गतेदेखि लिलामीमा राखेको हो ।

लिलामी सेयरका लागि न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ वा सोभन्दामाथि बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन पेस गर्नुपर्नेछ । अधिकतम कित्ताका लागि भने कुनै हद लाग्ने छैन ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन काठमाण्डौको कमलपोखरीस्थित सनराइज क्यापिटल लिमिटेड, कास्कीको पोखरास्थित मिलनचोकमा रहेको एनएमवि लघुवित्त वित्तीय संस्थाको कार्यालय र सनराइज बैंक लिमिटेडका शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीमा पेस गर्न सकिनेछ ।