काठमाण्डौ । एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ मा २६ करोड बढी खूद नाफा आर्जन गरेको छ । यो निर्जीवन बिमा कम्पनीको अघिल्लो वर्षको खूद नाफा २३ करोडमा सीमित थियो । 

कम्पनीले समीक्षा अवधिमा ७८ करोड २८ लाख बढी खूद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ७० करोड १२ लाख बिमा शुल्क आर्जन गरेको थियो । 

एनएलजीले पुनर्बिमा कमिसनबाट १९ करोड ५१ लाख आम्दानी गरेको छ, अघिल्लो वर्ष यस्तो आम्दानी १६ करोड ६७ लाखमा सीमित थियो ।

यस्तै, लगानी कर्जा तथा अन्यबाट हुने आय ८ करोड २३ लाख भएको छ, अघिल्लो वर्ष ५ करोड २९ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा कम्पनीले ३९ करोड ५३ लाख खूद दाबी भुक्तानी  गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ३८ करोड १७ लाखमा सीमित थियो । 

एनएलजीले समीक्षा अवधिसम्म १ लाख ६७ हजार ४ सय ६१ वटा बिमालेख जारी गरेको छ । अघिल्लो वर्षभन्दा यो वर्ष जारी बिमालेखको संख्या घटेको देखिएको छ । 

एनएलजीको १३ करोड ८३ लाखमा सीमित जगेडा बढेर १४ करोड पुगेको छ भने ५८ करोड १३ लाखमा सीमित बिमा कोष बढेर ७१ करोड १५ लाखको उचाईमा पुगेको छ । महाविपत्ति जगेडा भने ४ करोड २१ लाखमै सीमित छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४०.६७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३९.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.८७  गुणा कायम भएको छ ।