काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ।

कम्पनी गत चैत १२ गतेदेखि असार २५ गतेसम्म चुक्तापुँजीको १०ः६ को अनुपातमा प्रतिकित्ता रु. १०० अंकित ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद बिक्री खुलाएको थियो। जसमा ३६ लाख ८१ हजार ३५९.५० कित्तामात्र बिक्री भएको थियो। कम्पनीले बिक्री हुन बाँकी रहेका सेयर गत साउन २२ गतेदेखि लिलामीमा राखेको हो । कम्पनीले संस्थापक समूहतर्फको ८१ हजार २२४.७५ कित्ता र सर्वसाधारणतर्फको ७९ हजार ८५३.२५ कित्ता गरी कुल १ लाख ६१ हजार ७८ कित्ता सेयर लिलामीमा राखिएको छ। 

लिलामीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएकोले लगानीकर्ताहरुले सो वा सोभन्दा बढी मूल्य बोलकबोल गरी शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम १० अंकले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटल लिमिटेड रहेको छ। 

बोलपत्र लक्ष्मी क्यापिटलको काठमाण्डौस्थित नयाँबानेश्वर कार्यालय, लक्ष्मी बैंकका शाखाहरु बिर्तामोड, जनकपुर, विराटनगर, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, वीरगन्ज, बागलुङ, दाङ, सुर्खेत, नेपालगन्ज, धनगढी र महेन्द्रनगर तथा एनएलजी इन्स्यारेन्सको पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।