काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने प्रयोजनार्थ माघ २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

कम्पनीको सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले कम्पनीको सर्वसाधारण सेयरहरुमा ६० प्रतिशत अर्थात् १०ः६ को अनुपातमा हकप्रद सेयर जारी गर्नका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । कम्पनीले ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । 

करिब ४ महिनाअघि सम्पन्न कम्पनीको विशेष साधारणसभाले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले १ अर्ब चुक्ता पुँजी पुर्याउन हकप्रद सेयर जारी गर्न लागेको हो ।