काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आज बिहीबारदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ। 

यो निर्जीवन बिमा कम्पनीले १०० अंकित दरका ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर निश्कासन गरेको हो। कम्पनीको हाल कायम चुक्तापूँजीको ६० प्रतिशतका दरले हकप्रद सेयर निश्कासन गरी पूँजी बढाउने योजना अनुरुप सेयर निश्कासन गरेको हो। 

हकप्रदमा फागुन २२ गतेदेखि चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ। हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ। 

हकप्रद सेयर खरिदका लागि काठमाण्डौको नयाँ बानेश्वरस्थित लक्ष्मी क्यापिटल मार्केटको कार्यालय, काठमाण्डौको पानीपोखरीस्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालयहरु बलभद्रमार्ग मोरङ, पुल्चोक ललितपुर, नारायणपथ रुपन्देही, वीरगन्ज पर्सा, सभागृहचोक कास्की र नेपालगन्ज बाँकेमा दरखास्त दिन सकिनेछ। 

त्यस्तै लक्ष्मी बैंकका शाखाहरु उपत्यकाभित्र न्युरोड, कलंकी तथा उपत्यका बाहिर नारायणगढ, धनगढी, जनकपुर, इटहरी, दमक, धरान, घोराही, बनेपा र हेटौँडामा तथा सिआस्वाको सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्वा प्रणालीमाफृत हकप्रद सेयर खरिद गर्न सकिनेछ।

एनएलजी इन्स्योरेन्सको हकप्रदका लागि बुक क्लोज मिति माघ २७ गतेलाई तोकिएको थियो। यसको अर्थ माघ २६ गतेभित्र यो कम्पनीको सेयर किनेर सेयरधनी कायम भएकाहरुले हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन्। 

हाल यो कम्पनीको चुक्तापूँजी ६४ करोड ४ लाख रुपैयाँ रहेको छ। हकप्रदको निश्कासन र समायोजनपछि चुक्तापूँजी बढेर १ अर्ब २ करोडको उचाईमा पुग्नेछ।