काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज बिहीबार अन्तिम मौका रहेको छ।

कम्पनी गत असार ९ गतेदेखि १०ः६ (१० सेयरबराबर ६ नयाँ सेयर) अनुपातमा प्रतिकित्ता रु. १०० अंकित दरका ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद बिक्री खुला गरेको हो। हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले माघ २७ गतेदेखि बुकक्लोज गरेको थियो। यसको अर्थ माघ २६ गतेसम्म कायम शेयरधनीहरुले हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।

हकप्रदमा चैत १२ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको थियो । तर चैत १० गते अहिलेको विषम परिस्थितिलाई लिएर नेपाल सरकारबाट आएको आह्वान समेतलाई मध्यनजर राखी तथा कम्पनीले दरखास्त दिने म्याद चैत २७ गते बैंकिङ समयसम्म थप गरेको थियो। 

तर, सरकारले ११ गतेदेखि कोरोना भाइरसको संभावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा संचालनमा रोक लगाउने थप अवधिको घोषणा गरेपछि लगानीकर्ताको हितलाई मध्यनजर गरी परिस्थिति सहज भएपश्चात आवश्यकता हेरी नियामन निकायको स्वीकृतिलाई हकप्रदमा आवेदन लिने प्रक्रिया पुनः खुलाइने भन्दै स्थगित गरिएको थियो।