काठमाण्डौ । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लिमीटेड र एनएमबि बैंक लिमीटेडबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

२०७४ असोज ३० गते नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । जस अनुसार एन.बी.आईले एनएमबि बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । यस सम्झौता अनुसार एनएमबि बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट रु ५० लाख बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ ।

उक्त सम्भौतापत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा बीच हस्ताक्षर भएको छ ।