काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहितको) वितरणको निर्णय गरेको छ । 

भदौ २४ गते बसेको बैंक संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

आर्थिक वर्ष २०७३/७४ मा यो बैंकले १ अर्ब २० करोड नाफा कमाएको थियो । आर्थिक वर्ष ०७२/७३ भन्दा नाफामा १ करोडले मात्र प्रगति गरेको यो बैंकको प्रतिफल समेत घट्न पुुगेको हो । 

गत वर्ष यो बैंकले ३२ प्रतिशत बोनस सेयर र १.७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।