काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकको सहायक कम्पनीको रुपमा धितोपत्र बोर्डले एनबी क्यापिटललाई कारोबारको अनुमति दिएको छ । 

बोर्डले बिहीबार नेपाल बंगलादेश(एनबी) क्यापिटललाई मर्चेन्ट बैंकरको रुपमा कारोबार गर्ने स्वीकृति दिएको हो । 

कारोबारको अनुमति पाएको एनबी क्यापिटलको चुक्तापूँजी २० करोड रुपैयाँ हुनेछ । 

एनबी बैंकस्थित स्रोतका अनुसार एनबी क्यापिटलले माघभित्रमा औपचारिक रुपमा कारोबारको सुरुवात गर्नेछ । 

यो कम्पनीको संचालक समिति अध्यक्षमा सुरेन्द्रभूषण श्रेष्ठ रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत कविन्द्र दाहाल छन् ।

एनबी क्यापिटलको मुख्य कार्यालय कमलादीमा रहनेछ । 

क्यापिटलले अन्य मर्चेन्ट बैंकरले झै निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी ब्यवस्थापन र संस्थागत परामर्श लगायतका सेवा उपलब्ध गराउनेछ ।