काठमाण्डौ । धितोपत्र बोर्डले नेपाल बंगलादेश बैंकको रु. २ अर्ब बराबरको ऋणपत्रलाई निश्कासन अनुमति दिएको छ ।

यो बैंकलाई बोर्डले '१०.२५ एनबिबिएल डिवेञ्चर-२०८५' निश्कासनको स्वीकृति प्रदान गरेको हो । 

पछिल्लो समय नेपाल राष्ट्रबैंकले ऋणपत्र निश्कासनलाई प्राथमिकतामा राख्न निर्देशन दिएसँगै वाणिज्य बैंकहरु एकपछि अर्को गर्दै ऋणपत्र निश्कासनमा केन्द्रीत हुन थालेका छन् । 

बोर्र्डको अनुमतिसँगै निकट भविष्यमै एनबी बैंकले रु. १००० अंकित दरका २० लाख कित्ता ऋणपत्र निश्कासन गर्नेछ ।

ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडले काम गर्नेछ । 

रु. २ अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् रु. १ अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट(प्राइभेट प्लेसमेन्ट) र ४० प्रतिशत अर्थात रु. ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ । 

दश वर्षे अवधिको ऋणपत्रमा १०.२५ प्रतिशत वार्षिक ब्याज प्रदान गरिनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।