काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकको बम्पर हकप्रदको लाभ उठाउने मन छ ? यदि त्यसो हो भने अहिल्यै गइहाल्नुुहोस् र यो बैंकको सेयर खरीद गर्नुहोस् । कारण आज(बुधबार) बंगलादेश बैंकको हकप्रदका लागि योग्य बन्ने अन्तिम दिन हो । 

कारण, यो बैंकले हकप्रदको बुक क्लोजको मिति चैत १७ गतेलाई तोकेको छ । यसको अर्थ आज(चैत १६) गतेभित्र यो बैंकको सेयर खरीद गर्ने वा आफ्नो नाममा नामसारी गर्नेले मात्र ८० प्रतिशत हकप्रद भर्न पाउनेछन् । 

यो बैंकले फागुुन १७ गते धितोपत्र बोर्डबाट १ सय रुपैयाँ अंकित मूल्यका कुल ३ करोड २० लाख ९४ हजार ६८ कित्ता हकप्रद निश्कासनको स्वीकृति पाएको थियो । 

ग्लोबल आइएमई क्यापिटल लिमीटेडले हकप्रदको निश्कासन तथा व्यवस्थापनमा बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ । 

नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ५४ करोड ६ लाख खूद नाफा आर्जन गरेको छ । यो बैंकको चुक्तापूँजी ३२ प्रतिशत बोनस सेयर वितरणपछि ४ अर्ब १ करोडको उचाईमा पुुग्नेछ । त्यसपछि ८० प्रतिशत हकप्रद निश्कासन हुने र यसपछि चुक्तापूँजी ७ अर्ब २१ करोड पुुग्नेछ । यो बैंकको मंगलबारको मितिमा अन्तिम कारोबार मूल्य प्रति कित्ता ७ सय ४७ रुपैयाँ रहेको छ ।