काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमीटेड र सननेपाल लाईफ ईन्स्योरेन्स बीच बैंकासुरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे भाद्र ३ गतेका दिन सम्झौता भएको छ ।
 
सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सननेपाल लाईफ ईन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सन नेपाल लाईफ ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललले संयुक्त रुपमा हस्ताक्षर गरे ।