काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले भदौ ४ गते(आज)देखि ५० प्रतिशत हकप्रद निश्कासन गरेको छ । 

बैंकले १०० रुपैयाँ अंकित दरका २ करोड ३३ लाख ९५ हजार २ सय ९१ कित्ता हकप्रदको बिक्री खुल्ला गरेको हो । 

इच्छुक सेयरधनीले आगामी असोज ७ गतेभित्रमा हकप्रद  खरीदका लागि आवेदन दिइसक्नुपर्नेछ । 

साउन १४ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले हकप्रदका लागि आवेदन दिन पाउनेछन् । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमीटेड रहेको छ । 

इच्छुकले मेरो सेयरमार्फत वा सीआस्वा सेवा संचालनको अनुमति पाएका सबै बैंक तथा बित्तीय संस्था तथा तिनका शाखाबाट आवेदन दिन सक्नेछन् । 

हाल यो बैंकको चुक्तापूँजी ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी बढेर ७ अर्ब माथि पुग्नेछ । बाँकी १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर जारी गरेर केन्द्रीय बैंकले तोकेअनुसार ८ अर्ब पूँजी पर्याउने बैंकको योजना रहेको बैंकका एक उच्च तहका कर्मचारीले जानकारी दिए ।