काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले ५० प्रतिशत हकप्रदमा आवेदन दिने समय थप भएको छ । 

बैंकले असोज २२ गतेसम्मका लागि आवेदन दिने समय थपेको हो । यसअघि असोज ७ गतेसम्म मात्र आवेदन दिन पाइने भनिएको थियो । 

बैंकले भदौ ४ गतेदेखि १०० रुपैयाँ अंकित दरका २ करोड ३३ लाख ९५ हजार २ सय ९१ कित्ता हकप्रद सेयर निश्कासन गरेको थियो । 

साउन १४ गतेसम्म बैंकको सेयरधनी कायम भएकाहरुले हकप्रदका लागि आवेदन दिन पाउने बताइएको छ । 

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमीटेड रहेको छ । 

इच्छुक सेयरधनीले आस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन पाउनेछन् ।

हाल यो बैंकको चुक्तापूँजी ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि बैंकको चुक्तापूँजी ७ अर्ब माथि पुग्नेछ । त्यसपछि बैंकले १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर दिएर चुक्तापूँजी ८ अर्ब पुर्याउने योजना बनाएको छ ।