काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीहरुलाई करसहित १६.७२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

बैंकको आइतबार बसेको ७५२ औँ सञ्चालक समितिको बैठकले  १५.८९ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैंकले एक अर्ब ११ करोड ५२ लाख ५३ हजार ५२२ रुपैयाँ बोनस र कर प्रयोजनका लागि ५ करोड ८६ लाख ९७ हजार ५५४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासम्मको अपरिस्कृत एनएफआरएस प्रतिवेदन अनुसार बैंकले गत आवमा एक अर्ब ७ करोड २० लाख रुपैयाँ मुनाफा गरेको थियो। 

बैठकले मुनाफाबाट प्रस्तवित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएर आएपछि आगामी साधारणसभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गर्ने बैठकले निर्णय गरेको छ ।

प्रस्तावित बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब नाघ्नेछ।