काठमाण्डौ । आफ्ना सेयरधनीलाई १५.८९ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने एजेन्डासहित नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले वार्षिक साधारणसभाको मिति तय गरेको छ । 

बैंकको सञ्चालक समितिको साउन १७ गते शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा भदौ २३ गते राष्ट्रिय सभागृहमा बस्ने निर्णय गरेको छ । साधारणसभामा राखिने बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ । 

बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५.८९ प्रतिशतका दरले हुन आउने १ अर्ब ११ करोड ५२ लाख ५३ हजार ५२२ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्न लागेको हो । बैंकले हाल चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार ३०० रुपैयाँको १५.८७ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्नेछ । 

बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.८३ प्रतिशतले हुन आउने ५ करोड ८६ लाख ९७ हजार ५५४ रुपैयाँ नद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव पनि साधारणसभामा पारित हुनेछ । 

बैंकले सञ्चालक समितिमा संस्थापक समूहबाट तीनजना र सर्वसाधारण समूहबाट एकजना महिलासहित तीनजना गरी जम्मा ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि साधारणसभामार्फत पारित गर्नेछ ।