काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ का लागि आफ्ना सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १६.७२ प्रतिशत लाभांश अनुमोदन गर्ने विशेष अजेन्डासहित नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले वार्षिक साधारणसभाको मिति तय गरेको छ ।

बैंकको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा भदौ २३ गते राष्ट्रिय सभागृहमा बस्ने निर्णय गरेको हो । साधारणसभामा विशेष प्रस्ताव का रुपमा प्रस्तुत गरिने आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५.८९ प्रतिशतका दरले हुन आउने १ अर्ब ११ करोड ५२ लाख ५३ हजार ५२२ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने अजेन्डा पारित गरिनेछ ।

बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.८३ प्रतिशतले हुन आउने ५ करोड ८६ लाख ९७ हजार ५५४ रुपैयाँ नद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव पनि साधारणसभामा पारित हुनेछ ।

बैंकले सञ्चालक समितिमा संस्थापक समूहबाट तीनजना र सर्वसाधारण समूहबाट एकजना महिलासहित तीनजना गरी जम्मा ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि साधारणसभामार्फत पारित गर्नेछ ।