काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडले १५.८९ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव साधारणसभाबाट पारित गरेको छ । 

बैंकको मंगलबार राजधानीमा सम्पनन २० औं र २१ औं वार्षिक साधारणसभाले १५.८९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । 

बोनस सेयरको प्रस्ताव पारित भएसँगै बैंकको चुक्तापूँजी ८ अर्ब १३ करोड ३८ लाख ४० हजार ८२२ रुपैयाँ पुगेको छ । 

साधारणसभामा पेश भएका अधिकांश प्रस्ताव सर्वसम्मतिले पारित गरेको बैंकले जनाएको छ । 

बैंकको केन्द्रीय कार्यालय सिद्धार्थनगरबाट काठमाण्डौमा स्थानान्तरण गरे पश्चात पहिलो पटक वार्षिक साधारण सभा काठमाण्डौमा सम्पन्न भएको हो ।
हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२० शाखा र ८६ वटा एटिएमबाट सेवा प्रवाह गर्दै आएको छ । 

बैंकले आर्थिक वर्ष २०७५/७६ मा रु. ७३ अर्ब ३५ करोड निक्षेप परिचालन तथा रु. ६४ अर्ब ८१ करोड कर्जा प्रवाह गरी खुद नाफा रु. १ अर्ब ५१ करोड आर्जन गरेको छ ।