काठमाण्डौ । एनसीसी बैंकले प्रदेश नं. ३, काठमाण्डौ जिल्लाको महाराजगञ्ज स्थित शिवपुरी माध्यमिक विधालयलाई बैशाख १० गते रु. ४ लाख आर्थिक सहयोग प्रदान गरेको छ । 

शिवपुरी माध्यमिक विधालयमा अध्ययनरत स–साना नानीहरुका लागि सूचना प्रविधिमा पँहुच पुर्याउन तथा आवश्यक खेलकूद सामाग्रीको व्यवस्थापन गर्न बैंकले आफ्नो संस्थागत उत्तरदायीत्व अन्तरगत सो सहयोग गरेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले उक्त सहयोग रकमको चेक शिवपुरी माध्यमिक विधालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीलाई हस्तान्तरण गरेका थिए ।