काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३४ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षको यही अवधिको तुलनामा २०.६१ प्रतिशतले खुद नाफा घटेको छ । गत वर्ष बैंकले ४२ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकले वितरणयोग्य मुनाफा भने १० करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ ।

बैंकले समीक्षा अवधिमा ४६ करोड ५० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष बैंकले ५९ करोड १३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

पहिलो त्रैमासमा बैंकले ८३ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ७९ करोड २८ लाख रुपैयाँ थियो ।

बैंकले यो वर्षको पहिलो त्रैमासमा ६६ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष बैंकले यही अवधिमा ६७ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरी ६१ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकले रिजर्भको आकार घटेको छ । गत वर्ष ३ अर्ब ५९ करोड रुपैयाँ रहेको रिभर्जमा यो वर्षको पहिलो त्रैमासमा घटेर २ अर्ब २७ करोड रुपैयाँ भएको छ । 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १६.७४ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात ११.१७ गुणा रहेको छ ।