काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड र नेपाल मेडिसिटी अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकmलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब एनसीसी बैंकका कर्मचारी तथा ग्राहकmले नेपाल मेडिसिटी अस्पतालका सेवाहरुमा विशेष छुट पाउनेछन् ।

बैंकका ग्राहकले उक्त छुट बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२० वटा शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ८१ वटा एटीएम सञ्चालनमा छ ।