काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको हिजो आइतबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी १५ प्रतिशतले हुन आउने १ अर्ब २२ करोड ७६ हजार १२३ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै बोनस सेयर कर प्रयोजनार्थ बैंकले ०.७८ प्रतिशतले हुन आउने ६ करोड ४२ लाख १४ हजार ५३३ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।