काठमाण्डौ । एनसेल प्राइभेट लिमीटेडले आफ्ना ग्राहकलाई दूू्रत गतिको इन्टरनेट सेवा अझ सुलभ दरमा प्रदान गर्न नयाँ डेटा प्याकहरु ल्याएको छ । 

यो योजनाअन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो, त्यति नै भोल्युम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् र करसहित न्यूूनतम २ पैसा प्रति एमबीसम्ममा डेटा सेवाको मज्जा लिन सक्नेछन् ।

यस्ता डेटा प्याक लिन सकिने


नयाँ डेटा प्याक कुनै पनि बेला प्रयोग गर्न मिल्ने ‘अल टाइम’ प्याक र राति ११ बजेदेखि बिहान ५ बजे सम्मको समयमा प्रयोग गर्न मिल्ने ‘नाइट टाइम’ प्याकमा उपलब्ध छन्, जसअन्तर्गत ग्राहकले अब १ देखि ३० दिन भ्यालिडिटी भएका ३० एमबीदेखि १०,००० एमबीसम्मका डेटा प्याकहरु रु १० देखि रु १५०० सम्मको प्याक शुल्कमा खरिद गर्न सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकताअनुसार  कुनै पनि डेटा प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।  

कुनै पनि डेटा प्याक सुचारु गर्ने ग्राहकले आफूूले खरिद गरेको प्याक बराबरकै फोरजी डेटा पाउने यो योजनाको प्रमुख विशेषता हो । उदाहरणका लागि रु १०० मा ५०० एमबी अलटाइम डेटा खरिद गर्दा ग्राहकले थप ५०० एमबी फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । यस योजनाअन्र्तगतका प्याकहरु ग्राहकले टुजि, थ्रिजी र फोरजी कुनै पनि नेटवर्कमा प्रयोग गर्न सक्छन् भने बोनस स्वरुप प्राप्त थप फोरजी डेटा फोरजी नेटवर्कमा मात्र मान्य हुनेछ ।

अल टाइम डेटा प्याकअन्तर्गत ग्राहकले रु १० मा ३० एमबि डेटा प्राप्त गर्नेछन् र यो प्याक सुचारु गर्ने ग्राहकले ३० एमबी फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । यसरी ग्राहकले रु १० मा ६० एमबी डेटाको मज्जा लिन सक्नेछन् । त्यस्तै, अरु अलटाइम डेटा प्याक अन्तर्गत ग्राहकले रु ३० मा १०० एमबी, रु ५० मा २०० एमबी र रु ७० मा २५० एमबी लिन सक्नेछन् र सोही भोल्यूूम बराबरको फोरजी डेटाको मज्जा लिन सक्नेछन् । 

साथै, ठूलो भोल्युमको अलटाइम डेटा प्याकअन्तर्गत, ग्राहकले रु १०० मा ५०० एमबी, रु ३०० मा १२५० एमबी, रु ५०० मा २५०० एमबी र रु १५०० मा १०००० एमबी डेटा प्राप्त गर्ने छन् र यसका साथै खरिद गरिएको भोल्युम बराबरकै फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । 

नाइट भोल्युम प्याक सुचारु गर्ने ग्राहकले सोही मूल्यमा अलटाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युमको मज्जा लिन सक्नेछन् । यसका साथै नाइट प्याक सुचारु गर्ने ग्राहकले सोही डेटा भोल्युम बाहेक त्यति नै भोल्युमको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । जस्तै ः रु १५०० मा ४०००० एमबी नाइट प्याक सुचारु गर्ने ग्राहकले थप ४०००० एमबीको फोरजी डेटा बोनस प्राप्त गर्ने छन् र न्यूूनतम २ पैसा प्रति एमबिमा  डेटा सेवाको मज्जा लिन सक्नेछन् ।

यो योजना यही बुधबार(भदौ २१) देखि ९० दिनका लागि लागूू हुनेछ र फोरजी बोनस भने ३० दिनका लागि मात्र मान्य हुनेछ । डेटा प्याकहरुको उल्लेखित सबै शुल्कहरु करसहितका हुन् ।  

कसरी सुचारु गर्ने सेवा ?
सुलभ दरमा दु्रत गतिको इन्टरनेटको मज्जाका लागि एनसेलका ग्राहकले  एस्ट्रिस्क१७१२३ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् । अलटाइम प्याक सुचारु गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसारको प्याक भोल्युम टाइप गरी १७१२३ मा एसएमएस पठाउन सक्नेछन् । त्यस्तै, नाइट टाइम प्याक सुचारु गर्न ग्राहकले आफ्नो आवश्यकताअनुसारको प्याक भोल्युम र अंग्रेजीमा ठूलो ‘एन’ टाइप गरी १७१२३ मा एसएमएस  पठाई यो डेटा प्याक सुचारु गर्न सक्नेछन् । एनसेल एपबाट पनि डेटा प्याकहरु सुचारु गर्न सकिनेछ ।

‘‘इन्टरनेट सेवा अझ सुलभ बनाउदै नयाँ प्याकहरु ल्याउन पाउँदा हामी निकै हर्षित छौ । नजिकिदै गरेको चाडपर्व र देशको विभिन्न शहरमा फोरजी सेवा विस्तार भइसकेको हालको अवस्थामा यो योजनाले ग्राहकलाई थप लाभ पुर्याउने कुरामा हामी विश्वस्त छौ,’’ एनसेलका कपोर्रेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले भने । 

पहिलो पटक जेठ १८ मा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा फोरजी सेवा संचालनमा ल्याएपश्चात एनसेलले तदारुकताका साथ यो सेवा विस्तार गर्दै आइरहेको छ । हाल एनसेलको फोरजी सेवा देशको विभिन्न १९ शहरमा उपलब्ध  छ र एनसेलले सन् २०१८ को अन्त्य सम्ममा ४० शहरहरुमा यो सेवा बिस्तार गर्र्दैै ग्राहकलाई दु्रतगतिको मोवाइल ब्रोडब्याण्डले ल्याउने नयाँ अवसरहरुबाट लाभ पुर्याउने र डिजिटल नेपाल निर्माणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।