काठमाण्डौ । एनसेलका ग्राहकले अब विभिन्न १० देशहरुको भ्रमणमा रहँदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदा लिन सक्नेछन् । 

एनसेल प्रा.लि.ले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामा बिहिबार (असोज १६) बाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिका पनि समावेश गर्ने भएको छ ।  

यो सँगै अब भारत, मलेसिया, अमेरिका, कतार, संयुक्त अरब इमिरेट्स, सिंगापुर, श्रीलंका, बंगलादेश, कम्बोडिया र इण्डोनेसियाको भ्रमणमा जाने ग्राहकहरुका लागि अनलिमिटेड रोमिङ्ग डेटा प्याक उपलब्ध हुनेछ । यस अफर अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्पेड ग्राहकले यी देशहरुको भ्रमणमा रहँदा हरेक दिन करबाहेक मात्र रु १०० (रु १२७.६९ कर सहित)मा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको फाइदा लिनसक्नेछन् । 

यो सेवाबाट लाभ लिन एनसेलका ग्राहकले आफू यात्रामा जानु अघि एस्ट्रिक्स१७१२९ह्यास डायल गरी निर्देशनअनुसार यो रोमिङ्ग सेवा सुचारु गर्न सक्नेछन् । रोमिङ्ग सेवा सुचारु गरिसकेपछि पुनः  एस्ट्रिक्स१७१२९ह्यास डायल गरी ग्राहकले यो डेटा प्याक लिन सक्छन् ।

यो योजनाले ग्राहकलाई भ्रमणमा रहँदा सुलभ दरमा अनलिमिटेड इन्टरनेट सेवा सुनिश्चित गरी आफ्ना परिवारका सदस्य, साथीभाईसँग सम्पर्कमा रहिरहन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ ।  

एकपटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नवीकरण हुनेछ र शुल्क भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात ग्राहकले प्याक खरिद गरी डेटा सेवा प्रयोग नगरेमा शुल्क लाग्ने छैन । ग्राहकले यो प्याक माथि उल्लेखित १० देशहरुको भ्रमणमा जानुअघि वा ती गन्तव्यहरुमा पुगेपछि पनि लिन सक्नेछन् । सम्बन्धित देशमा पुगेर मात्र यो डेटा प्याक लिनका लागि ग्राहकले रोमिङ्ग सेवा नेपालमा नै सुचारु गरेको हुनु पर्नेछ ।