काठमाण्डौ । एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असीमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् ।

नजिकिँदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । यो अफरमा ग्राहकले मात्र रु १०० (कर सहितमा मात्र रु १२७.६९) मा ७०० मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको मज्जा लिन सक्नेछन् ।

यो भ्यालेन्टाइन अफर यही शुक्रबार (माघ २४) देखि लागू हुनेछ र ३ महिनासम्म संचालनमा रहनेछ । यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याउन लागिएको यो अफरअन्तर्गत ग्राहकले कर सहित मात्र १८ पैसा प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् ।

यो अफरको साप्ताहिक प्याक सुचारु गरेपछि ७ दिन सम्म समयावधि रहनेछ । ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स२एस्ट्रिक्स३ह्यास डायल गरी प्राप्त जानकारी अनुसार प्याक सुचारु गर्न सक्छन् । 

यो भ्यालेन्टाइन अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।