काठमाण्डौ । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालमै पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ । 

यो सेवाअन्तर्गत एनसेलका ग्राहकले भिसा, मास्टरकार्ड र युनियनपेको आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी जहिले र जहाँ भए पनि प्रिपेड मोवाइल रिचार्ज तथा पोस्टपेड मोवाइलको बिल भुक्तानी गर्नसक्ने कम्पनीले जनाएको छ ।

अनलाइन रिचार्ज सेवा मंसिर २६ (मंङगलबार)बाट सुरु भएको छ । एनसेलका अनुसार डिजिटल सेवा मार्फत ग्राहक अनुभवलाई थप अभिवृद्घि गर्ने उद्देश्यस्वरुप यो सेवा ल्याइएको हो । 

एनसेलका ग्राहकले एनसेलको वेबसाइट payment.ncell.axiata.com मा गई डेबिट/क्रेडिट कार्ड रिचार्ज छनोट गरी आवश्यक विवरणहरु (रिचार्ज गर्न लागेको मोवाइल नम्बर, रिचार्ज गर्ने रकम, कार्ड नम्बर र कार्डको पछाडि उल्लेखित तीनवटा सेक्युरिटी कोड) भरेर रिचार्ज सेवाको फाइदा लिन सक्छन् ।

एनसेलका ग्राहकले यो वेबसाइटबाट रिचार्ज कार्ड पिन प्रयोग गरी कुनै पनि एनसेल नम्बरमा ब्यालेन्स रिचार्ज पनि गर्न सक्नेछन् । ग्राहकले एनसेल एपबाट पनि अनलाइन रिचार्ज सेवा लिनसक्ने एनसेलले जनाएको छ ।

नयाँ-नयाँ सेवा तथा प्रविधिहरु अवलम्बन गर्दै ग्राहक सेवा तथा अनुभवलाई थप परिस्कृत गर्ने कार्यमा एनसेल सधै अग्रपंक्तिमा रहने गरेको छ । एनसेलले ग्राहक अनुभवलाई अभिवृद्घि गर्ने उद्देश्यअनुरुप नै अनलाइन च्याट सेवा पनि प्रदान गर्र्र्दै आइरहेको छ । यसका साथ(साथै विभिन्न सामाजिक सञ्जालहरु जस्तै फेसबुक र ट्वीटर मार्फत पनि कम्पनीले ग्राहकका गुनासा तथा जिज्ञासाहरु तदारुकताका साथ समाधान गर्दै आइरहेको छ ।