काठमाण्डौ । नेपालको पहिलो निजी क्षेत्रको मोबाईल सेवाप्रदायक कम्पनी एनसेल प्राईभेट लिमिटेड(“एनसेल”) लगातार दोस्रो वर्ष  फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाईल सेवाप्रदायक २०१६ अवार्डबाट सम्मानित भएको छ । 

यो प्रख्यात पुरस्कार एनसेललाई अन्र्तराष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले प्रदान गरेको हो ।

यो पुरस्कार फ्रोस्ट एण्ड सलिभनले प्रदानगर्ने एशिया प्रशान्त सर्वश्रेष्ठ अभ्यास पुरस्कार उप–समुहअन्र्तगत पर्दछ । यसले एशिया प्रशान्तको अटोमोटिभ, उर्जा, भवन निर्माण तथा पर्यावरण, स्वास्थ्य सेवा र सूचना तथा संचार प्रविधि लगायतका क्षेत्रका सयौं कम्पनीमध्ये सबैभन्दा राम्रो अभ्यास गर्दै आएको कम्पनीलाई प्रदान गर्दछ ।

ग्राहकसंख्या, मोबाईल सेवाको आम्दानी, प्रतिग्राहक मिश्रित औषत आय, प्रतिग्राहक आयको वृद्घि, सेवा अथवा व्यवसायमा नविनता लगायतका बजारमा कम्पनीहरुको वास्तविक विविध सुचकहरुको आधारमा कडा मापदण्ड भित्र रहेर पुरस्कार पाउने कम्पनीहरुको मूल्याङ्कन गरिएको थियो । 

प्रतिष्ठित अवार्ड प्राप्त गरेपछि एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स् भन्छन्–‘हामी कृतज्ञ छौ । ग्राहकमा ध्यान केन्द्रितखगर्दै उनीहरुको विभिन्न संचार सेवाको आवश्यकताहरुलाई परिपूर्ति गर्ने हाम्रो प्रयासले फेरि एकपटक अन्र्तराष्ट्रिय रुपमा सम्मान पाएको छ । फ्रोस्ट एण्ड सलिभनले अवार्ड दिनका लागि कठिन प्रद्घति अपनाउछ र यो सफलता एनसेलको उत्कृष्ट कार्य पद्धतीको प्रमाण हो । यो देशको सामाजिक आर्थिक सम्वृद्धिका लागि कडा परिश्रम गर्ने हाम्रा सबै कर्मचारीहरुको मेहेनतको नतिजा हो ।’  

एनसेल नेपालको सबैभन्दा ठूलो करदाता कम्पनी हो । हाल कम्पनीले करिब १ करोड ४० लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ भने करिब ४० हजार नेपालीले यहाँ रोजगारी पाएका छन् । एनसेलले देशमा ८५ अर्ब भन्दा बढीको स्थिर सम्पत्ति सृजना गरेको छ ।