काठमाण्डौ । एनसेलका प्रिपेड ग्राहकहरुले अब देशभित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाइ र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् ।

एनसेल प्राइभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत ग्राकहले करबाहेक प्रतिमिनेट रु १ को दरमा देशभित्रको सम्पूर्ण नेटवर्कमा कल गर्न सक्छन् ।

यो अफरबाहेक विद्यमान शुल्कअनुसार एनसेलका ग्राहकले अन्य सेवाप्रदायकको नेटवर्कमा कल गर्दा करबाहेक प्रतिमिनेट रु १.९९ लाग्दछ । यो अल नेट भ्वाइस प्याक मंगलबार (कार्तिक २६) देखि संचालनमा आएको छ । यस प्याकअन्तर्गत ग्राकहले २० मिनेटको अल नेटवर्क टक टाइम (देशका अन्य कुनै पनि टेलिकम सेवाप्रदायकको नेटवर्कमा कल गर्न मिल्ने) करबाहेक रु २० (करसहित रु २५.५४) मा लिन सक्छन् ।

यसरी देशभित्रको अन्य नेटवर्कमा सुलभ दरमाकलगर्न सकिने अफर ल्याईएको यो पहिलो पटक हो । यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ ह्यास डायल गर्न सक्छन् । प्याक सुचारु गरेपछि २४ घन्टाका लागि मान्य हुनेछ ।

यो प्याकले ग्राहकलाई थप मूल्य प्रदान गर्ने र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाइ र आफन्तजनहरुसँग सुलभ दरमा सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । यो अफर माघ २६ गतेसम्म सञ्चालनमा रहने छ ।