काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णयअनुसार बिहीबार (चैत्र २०) बाट लागू हुने गरी डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ। यससँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डेटा प्रयोग गरी आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्नेछन्। 

एनसेलले आफ्नो करबाहेक रु २ प्रतिएमबी रहेको पे एज यु गो शुल्क रु १.५० प्रतिएमबीमा झारेको छ। यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लागू रहनेछ। 

सुलभ दरमा आफ्ना ग्राहकलाई इन्टरनेटको पहुँच सुनिश्चित गर्नका लागिकम्पनीले यस अघिनै पे एज यु गोअन्तर्गत ग्राहकलाई डेटामा बोनससमेत दिँदै आएको छ। जसअन्तर्गत डेटा शुल्क ८० प्रतिशतसम्म कम भएको छ। 

यो योजनाअन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डेटा प्रयोग गर्नेछन् त्यसैअनुरुप डेटा शुल्कथप सुलभ हुँदै जान्छ। 

पे एज यु गोमा दिइएको २५ प्रतिशत छुटसँगै ग्राहकले इन्टरनेट चलाउँदै जाँदा ८० प्रतिशतसम्म छुटमा डेटा प्रयोग गर्न सक्नेछन्। जब ग्राहकले आफ्नो मेन ब्यालेन्स प्रयोग गरी डेटा सेवा चलाउँछन्, खर्च भएको ब्यालेन्स रकमका आधारमा तत्कालबोनस डेटा पाउँदै जानेछन्।

जब ग्राहकले आफ्नो ब्यालेन्सबाट रु २, रु ५, रु १०, रु २०, रु ३० वा यो भन्दाथप रु १० का दरले खर्च गर्दै जान्छन्, त्यसैअनुपातमा बोनस डेटा प्राप्त गर्दै जानेछन्। शुरुमा रु १० डेटामा खर्च गरे पश्चात त्यसपछि खर्च हुने प्रत्येक रु १० मा ग्राहकले २०/२० एमबी डेटा बोनस पाउने छन्।

यदि ग्राहकले रु २ मेन ब्यालेन्स १.०४ एबीडेटामा खर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डेटा बोनस पाउँनेछन्। 

यसैगरी ग्राकहले रु ३० ब्यालेन्स खर्च गर्छन् भने बोनसको ५७ एमबीसहित कुल करिब ७३ एमबी डेटा पाउनेछन्। यदि ग्राहकले मेन ब्यालेन्सको रु १०० डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाइने ५२.२ एमबी र बोनस १९७ एमबीसहित कुल २५० एमबी डेटा पाउनेछन्।  

कोरोनाभाइरसले निम्त्याएको महामारीको यस समयमा, एनसेलले ग्राहकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न योजनाहरु जस्तै सापटी सेवामा थप रकम, निःशुल्क ब्यालेन्स ट्रान्सफर, रिचार्जमा १२० प्रतिशत बोनस र १५ जीबीको स्टे होम प्याक पनि प्रदान गर्दै आएको छ।