काठमाण्डौ । नेपालकाउपभोक्ताले अब आकर्षक बन्डल सेवा सहितबिनाकुनै झन्झट गुणस्तरीय वायरफ्रीइन्टरनेट र वाइफाइ कनेक्टिभिटी सहितको बन्डल सेवाबाट फाइदा लिन सक्छन् । एनसेल आजीयाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले नेपालमा  पहिलो पटक वायर फ्री प्लस वाइफाइ सेवा सुरु गरेको छ । 

कम्पनीले यो सेवा आफ्नो अम्ब्रेला थिम ‘प्लस’अन्तर्गत मंगलबार (साउन २०) देखि सुरु गरेको हो । 

वायर फ्री प्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुवै प्रयोजनका लागि लक्षित वाइफाइ सेवा हो । यो प्रविधिअन्तर्गत उपभोक्ताले बिनातारको प्रयोगबाट डेटा सेवा लिन सक्छन् ।

प्लानअनुसारको आकर्षक बन्डल सेवा, बन्डलिङ सेवाअन्तर्गत ग्राहकले २ वटा फोरजी सिमकार्ड पाउने छन् । प्लानका आधारमा प्रत्येक सिममा ५ जीबीदेखि १० जीबी डेटा, होम नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक, प्रभु टिभी लगायतका डिजिटल कन्टेन्टहरु र हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यस वायर फ्री प्लस वाइफाइ सेवाको प्रमुख विशेषता हुने बताइएको छ । 
गत महिनादेखि कम्पनीले यो सेवा लिन इच्छुक ग्राहकबाट प्रि–बुकिङ् लिन सुरु गरेको थियो । 

वायर फ्री प्लस वाइफाइ सेवा सुरु गरेको अवसरमा आफ्नो उत्साह साट्दै एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, “वायरलेस प्रविधिमार्फत डेटा सेवामा पहुँच दिने यो एक नयाँ सुरुवात हो र यसमा ग्राहकले बन्डल सेवासहित नयाँ अनुभव लिन सक्छन् । प्रि–बुकिङ्गमा ग्राहकहरुबाट प्राप्त अर्डरले हामी उत्साहित भएका छौं । यसले वायरलेस डेटा कनेक्टिभिटीको महत्वलाई दर्र्शाएको छ र हामीलाई विश्वास छ यो सेवाले उपभोत्तालाई इन्टरनेटमा पहँुच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न र डिजिटल बन्न योगदान गर्नेछ ।”

वार्षिक प्लानमा मासिक रु ६९० को शुल्क रहेको यो सेवाअन्तर्गत इच्छुक ग्राहकले आफ्नो आवश्यकताअनुसारको गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीनवटा समूहमा कुनै पनि समूहअन्तर्गतको प्लान लिन सक्छन् । गोल्ड समूहअन्तर्गत ग्राहकले वार्षिक प्लानमा मासिक मात्र रु ६९० (कर बाहेक) शुल्कमा ६० जीबी वायर फ्री प्लस डेटा, २०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक ५ जीबी डेटा प्राप्त गर्दछन् । 

त्यस्तै प्लाटिनम समूहअन्तर्गत ग्राहकले मासिक मात्र रु ८६० (कर बाहेक) शुल्कमा ८५ जीबी वायर फ्री प्लस डेटा, ५०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन् । डायमण्ड समूहअन्तर्गत ग्राहकले मासिक मात्र रु ९५० (कर बाहेक) शुल्कमा १०० जीबी वायर फ्री प्लस डेटा, १००० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन् ।

वायर फ्री प्लस सेवा सुचारु गरी यस सेवाको फाइदालिन इच्छुक ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टरमा सम्पर्क गर्न सक्छन् । ग्राहकले एनसेल आजीयाटा कम्पनीको वेबसाइटमा रहेको प्रभु पे, खल्ती र प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरबाट पनि बुकिङ गर्न सक्छन् । प्याकेजको समयसिमाअनुसार ग्राहकले एक पटक मात्र तिर्नपर्ने ग्राहक शुल्क रु ५००, रु २,५०० वा रु ३,५०० तिर्नु पर्दछ ।

४२० दिनको समयसिमा रहेको प्याकेजको हकमा ग्राहकले यो शुल्क छुट गरिएको छ । ग्राहकले लिने प्याकेज अनुसार यी प्याकेजहरु अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधिभित्र प्रयोग गरिनसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन । 

सुरुको चरणमा सुदूरपश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरादेखि पूर्वको मोरङ, सुनसरी र धनकुटासम्म देशका विभिन्न ४० भन्दा बढी जिल्लामा यो सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले प्राप्त बुकिङको आधारमा डिभाइस जडान गर्दै सेवा दिन सुरु गरेको छ ।