काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्रसमेशर राणासहितको पूर्ण इजलाशले एनसेल र एक्जियटाबाट पूँजीगत लाभकर असूल्न आदेश दिएको छ । 

लामो समयदेखि अड्किएको पूँजीगत लाभकर सम्बन्धी मुद्धामा फैसला गर्दै एनसेल र एक्जियटाको नाममा परमादेश जारी गरेको हो ।  

एनसेलको पूँजीगत लाभकरको विषयमा गत बिहीबारबाट सर्वोच्चको इजलाशमा सुनुवाई सुरु भएको थियो । 

मंगलबारदेखि पक्ष र विपक्षको तर्फबाट अधिवक्ताहरुले बहस गरेका थिए । ठूला करदाता कार्यालयको तर्फबाट सरकारी वकिलले बहस गरेका थिए भने निवेदकको तर्फबाट निवेदक द्वारिकानाथ ढुङ्गेल र अधिवक्ता भावेश गौतमका तर्फबाट प्रतिनिधित्व गरेका कानुन व्यवसायीले बहस गरेका थिए।

दुवै पक्षको बहस सकिएसँगै प्रधानन्यायाधीशसहितको पूर्ण र बृहत इजलासले आफ्नो फैसला सुनाएको हो ।