काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान–२०७७’ अन्तर्गतको नगद पुरस्कार रकम हस्तान्तरण गरेको छ।

आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एनसेलले पुल्चोक क्याम्पसका पाँच संकायका उत्कृष्ट विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ति तथा उत्कृष्टता सम्मान गर्दै आएको छ। कोरोनाभाइरस महामारीका कारण शैक्षिक संस्थाहरु हाल बन्द रहेका र औपचारिक कार्यक्रम गर्न सम्भव नभएकोले एनसेलले यो वर्षको छात्रवृत्ति तथा उत्कृष्टता सम्मानअन्तर्गतको नगद पुरस्कार रकम रु २४ लाखको चेकपुल्चोक क्याम्पसलाई हस्तान्तरण गरेको हो। सो नगद रकम एनसेलका प्रतिनिधिले पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख प्राडा लक्ष्मण पौडेललाई हस्तान्तरण गरेका हुन्।

‘‘एनसेल छात्रवृत्ति र उत्कृष्टता सम्मान हाम्रा विद्यार्थीहरुका लागि एउटा ठूलो प्रेरणा र प्रोत्साहन बन्दै आएको छ। मेहनती र जेहनदार विद्यार्थीहरुको सम्मान गरिने यो कार्यक्रमका लागि हामी एनसेलप्रति सधैँ आभारी छौँ”, क्याम्पस प्रमुख प्राडा पौडेलले भने, “कोभिड–१९ ले सिर्जना गरेको परिस्थितिले गर्दा औपचारिक कार्यक्रम सम्भव नभए पनि छात्रवृत्ति र उत्कृष्टता सम्मानको पुरस्कार रकम सबै सम्बन्धित उत्कृष्ट विद्यार्थीहरुलाई चाँडै उपलब्ध गराउनेछौँ।” 

पुल्चोक क्याम्पसले छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पाउन उत्कृष्ट ठहरिएका विद्यार्थीहरुलाई एनसेलसँग रहेको सम्झौताबमोजिम इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायका १८ जनाविद्यार्थीलाई छात्रवृत्ति र ६ जनालाई उत्कृष्टता सम्मानको जनही रु १ लाख नगद हस्तान्तरण गर्ने गरिन्छ। प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्नु यस कार्यक्रमको उद्देश्य रहेको छ।

विगत ७ वर्षदेखि प्रदान गरिँदै आएको यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमका बारेमा आफ्नो अनुभव साट्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, “उत्कृष्ट प्रतिभाहरुलाई कदर गर्ने यस कार्यक्रमको सहकार्यका लागि हामी पुल्चोक क्याम्पस र यस क्याम्पसका प्राध्यापकहरुप्रति आभारी छौँ। यो वर्षको छात्रवृत्ति र उत्कृष्टता सम्मान पाउने सबै विद्यार्थीहरुलाई बधाइ पनि दिन चाहन्छौँ।” 

‘व्यावसायिक सामाजिक उत्तरदायित्व हाम्रो व्यवसायको अभिन्न अंग रहँदै आएको छ र यसैअन्तर्गत इन्जिनियरिङ विधामा युवा प्रतिभाको प्रोत्साहन गर्ने एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई २०८० सालसम्म निरन्तरता दिन पाएकोमा हामी धेरै खुसी छौँ। शिक्षा क्षेत्रलाई विशेष ध्यान दिएर हाम्रा सामाजिक कार्यक्रमलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौँ”, चोङले भने।

यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मानकार्यक्रमअन्तर्गत एनसेलले प्रत्येक वर्ष इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति र उत्कृष्टता पुरस्कार प्रदान गर्ने गरेको छ। गत वर्ष एनसेलले २०८० सालसम्म यी पाँच संकायमा अध्ययन गर्ने ९० जना विद्यार्थीलाई छात्रवृत्ति र ३० जना उत्कृष्ट विद्यार्थीहरु उत्कृष्टता सम्मान स्वरुप रु. १ करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्न इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सम्झौतामा हस्ताक्षर गरेको थियो। 

यसअघि एनसेलले २०७१ देखि २०७५ सम्म ६० जना विद्यार्थीलाई छात्रवृत्ति र २० जना विद्यार्थीलाई उत्कृष्टता सम्मान गरी ८० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको थियो। एनसेल छात्रवृत्ति विभिन्न पाँच संकायमा स्नातक तहको प्रथम, द्वितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाका आधारमा क्रमशः द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्दछन् भने पाँचवटै संकायका छात्रामध्येबाट उत्कृष्ट नतिजा ल्याएका द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक/एकजना गरी तीन छात्राले यो छात्रवृति पाउने गर्दछन्।

यसैगरी उत्कृष्टता सम्मानअन्तर्गत इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायमा सर्वोत्कृष्ट नतिजासहित स्नातक तहकोे पढाइ सकेका प्रत्येक संकायका १/१ जना र यी पाँचै संकायका छात्राहरुमध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्रालाई उत्कृष्टता सम्मान प्रदान गर्ने गरिन्छ। हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ। 

Following are the meritorious scholarships and excellence awards recipients for this year:

1st Year Toppers (2075)
Mr. Dipak Dhakal (Civil Engineering)
Mr. Bibek Khanal (Electrical Engineering)
Mr. Prashant Shrestha (Electronics Communication and Information Engineering)
Mr. Aayush Shah Kanu (Computer Engineering)
Mr. Bibish Chaulagain (Mechanical Engineering)
Ms. Supriya Khadka (Computer Engineering)

2nd Year Toppers (2074)
Mr. Aarosh Dahal (Civil Engineering)
Mr. Abinash Man Karmacharya (Electrical Engineering)
Mr. Sushil Raj Regmi (Electronics and Communication Engineering)
Mr. Madhav Aryal (Computer Engineering)
Mr. Samundra Karki (Mechanical Engineering)
Ms. Mahima Koirala (Civil Engineering)

3rd Year Toppers (2073) 
Mr. Shubham Sharma Gyawali (Civil Engineering)
Mr. Shishir Lamichhane (Electrical Engineering)
Mr. Nishesh Awale (Electronics and Communication Engineering)
Mr. Anusandhan Pokhrel (Computer Engineering)
Mr. Chetan Dahal (Mechanical Engineering)
Ms. Sampada Dhakal (Electronics and Communication Engineering)

Ncell Excellence Awards winners:
Mr. Arbind Kumar Gupta (Civil Engineering)
Mr. Suman Poudel (Electrical Engineering)
Mr. Kaushal Raj Mishra (Electronics and Communication Engineering)
Mr. SaramshaDotel (Computer Engineering)
Mr. Sulav Parajuli (Mechanical Engineering)
Ms. Aditi Gajurel (Electrical)