काठमाण्डौ । देशको सबैभन्दा ठूलो र उच्च नाफा आर्जन गरिरहेको दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो नाम परिवर्तन गरेको छ । अब योसँगै कम्पनीले आइपीओ समेत जारी गर्ने बाटो खुलेको छ।

एनसेलले आफ्नो नाम परिवर्तन गरी एनसेल प्रालिबाट एनसेल आजियाटा लिमीटेड बनाएको हो । योसँगै कम्पनी प्राइभेट लिमीटेडबाट अब पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भएको छ । 

योसँगै कम्पनीले निकट भविष्यमै सर्वसाधारणलाई आइपीओ निश्कासन समेत गर्ने बाटो खुलेको बताइएको छ । कम्पनीका एक अधिकारीले आइपीओ निश्कासनको तयारी समेत चाँडै सुरु हुने दाबी गरेका छन् । 

कम्पनीले एक सूचना जारी गर्दै नेपाल सरकार उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्रालय र कम्पनी रजिष्ट्रारको कार्यालयको साउन १९ गतेको निर्णय बमोजिम नाम परिर्वतन भएको प्रष्ट पारेको छ । 

अब कम्पनीका सबै कामहरु एनसेल आजियाटा लिमिटेडबाट हुने सूचनामा उल्लेख छ ।