काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ ।

जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मज्जा लिन सक्नेछन् । 

यो योजनाअन्तर्गत एनसेलका ग्राहकले सात दिन र तीस दिन समयसिमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डेटा भोल्युम प्राप्त गर्न सक्नेछन् । 

यो अफर यही जेठ ३० गते (बिहिबार) देखि लागू भएको छ । देशको १,००० भन्दा बढी स्थानमा फोरजी सेवा विस्तार गरिएको घोषणा गरेको दुई साताभित्रै एनसेलले अझ सुलभ दरमा आधुनिक मोबाइल कनेक्टिभिटि सुनिश्चित गर्दै फारेजी डेटा बोनसको योजना ल्याएको हो । 

यो योजनाअन्तर्गत सात दिन समयसिमा भएको ५०० एमबी डेटा र तीस दिन समयसिमा भएको ३ जिबी डेटाको खरिदमा ग्राहकले त्यत्तिनै भोल्युम बराबरको फोरजी डेटा बोनस स्वरुप पाउनेछन् ।  

जस्तै यदि ग्राहकले तीस दिन समयसिमा भएको ३ जिबी डेटा करसहित रु ४५३.३० मा खरिद गरेमा बोनस स्वरुप थप ३ जिबी फोरजी डेटा पाउनेछन् । 

यो अफरमा ग्राहकले ३ जिबी डेटाकै शुल्कमा ६ जिबी डेटाको मज्जा लिन सक्नेछन् । 

त्यसैगरी, एनसेलका ग्राहकले सातदिन समयसिमा भएको ५०० एमबी प्याकको खरिदमा ५०० एमबी नै फोरजी डेटा बोनस बापत प्राप्त गर्न सक्नेछन् । एनसेलका ग्राहकले ५०० एमबी प्याक करसहित रु ९५ं.७७ मा सुचारु गर्न सक्छन् । यो अफरसँगै ग्राहकले ५०० एमबी डेटाको शुल्कमा १००० एमबी डेटाको फाइदा लिनसक्ने छन् । 

यस योजनाअन्तर्गत बोनसको लाभ लिनका लागि ग्राहकसँग फोरजी सपोर्ट गर्ने ह्याण्डसेट, यु सिम र फोरजी नेटवर्कमा पहँुच हुनुपर्छ । सातदिन वा तीस दिन समयसिमा भएको डेटा भोलुम टुजी, थ्रिजी वा फोरजी कुनै पनि नेटवर्कमा चलाउन सकिनेछ भने बोनस डेटा फोरजी नेटवर्कमा मात्र चलाउन सकिनेछ । एनसेलले आफ्नो फोरजी सेवा देशका १,००० भन्दा बढी स्थानहरुमा विस्तार गरिसकेको छ । 

एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी आफ्नो आवश्यकताअनुसारको सातदिन वा तीस दिनको गज्जबको डेटा प्याक सुचारु गर्न सक्नेछन् । 

ग्राहकले एसएमएसबाट पनि यो प्याक सुचारु गर्न सक्नेछन् । सातदिनको प्याक सुचारु गर्न ७५ टाइप गरी १७१२३ मा एसएमएस पठाउन सक्नेछन् भने ३५५ टाइप गरी १७१२३ मा एसएमएस पठाई तीस दिनको प्याक सुचारु गर्न सक्नेछन् ।