काठमाण्डौ ।  एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ का बारेमा जानकारी सार्वजनिक गर्दै एक टीभी कार्यक्रम र आफ्नो फेसबुक पेजमार्फत पाँच भाग्यशाली कोडहरुको घोषणा गरेको छ । यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बरबाहक एनसेल ग्राहकले जनही रु २ लाख नगद पुरस्कार जितेका छन् ।

आफ्नो कस्टमर लोयल्टी योजनाअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर गत मंसिर १ देखि संचालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रु २ लाख र प्रत्येक महिना रु १० लाखजित्ने मौका पाउँछन् । योजनाको पहिलो हप्ता (मंसिर १–७) का विजेता ग्राहकहरुलाई एनसेलले शुक्रबार (मंसिर १३) भित्र पुरस्कार रकम हस्तान्तरण गर्नेछ ।

एनसेलका प्रिपेड र पोस्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा यसभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भइरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ ।

ग्राहकहरुले रु. १०० वा त्योभन्दा बढीको ब्यालेन्स रिचार्जमा प्रत्येक रु. १०० बराबरको एक विषेशकोड एसएमएसमार्फत प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले रु. ३५० रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले रु. ५०० रिचार्ज गरेमा पाँचवटा विषेश कोडहरु प्राप्त हुनेछन् ।

यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ । एनसेलले आफ्ना ग्राहकहरुका लागि कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत यो आकर्षक योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको जनाएको छ ।

यस योजनाअन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपीवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेजमार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ । आवश्यक प्रक्रिया पुर्याई प्रत्येक हप्ताको शुक्रबारभित्र अघिल्लो हप्ताका विजयीहरुलाई नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।