काठमाण्डौ । विश्व तीव्रगतिमा डिजिटल युगतर्फ अग्रसर भइरहेको छ। विश्वमा पैसा कमाउने थुप्रै अवसरहरु छन् । तर अब ती अवसरलाई हात पार्न तपाइँ प्रविधिमैत्री हुनु अत्यन्त जरुरी भइसकेको छ । यदि तपाइँ प्रविधिप्रति निकै झुकाव राख्नुहुन्छ भने तपाइँसँग पैसाको कुनै कमी हुने छैन् ।

आईफोन बनाउने कम्पनी एप्पलले यस्तै प्रविधिमैत्री युवाहरुका लागि यस्तै अवसर जुराइदिएको छ । एप्पलको साइबर सेक्युरिटी रिसर्चर्सले १ मिलियन अर्थात १० लाख अमेरिकी डलर कमाउने अवसर सिर्जना गरेको हो ।

एप्पलले यदि कसैले उसको उत्पादन आईफोन ह्याक गर्न सक्छ वा त्यसका त्रुटिहरु पत्ता लगाउन सक्छ भने कम्पनीले त्यस्तो व्यक्तिलाई पुरस्कारस्वरुप १० लाख अमेरिकी डलर दिने घोषणा गरेको हो ।

यसअघि पनि एप्पलले रिसर्चर्सका लागि पुरस्कारको घोषणा गरेको थियो । कम्पनीले यदि कसैले आईफोनमा त्रुटि भेट्टायो वा क्लाउड ब्याकअपमा कुनै किसिमको प्रविधिक कमजोर पत्ता लगायो भने पुरस्कार दिने भनेको थियो ।

हालै अमेरिकाको लस भेगसमा आयोजित ‘ब्ल्याक हट सेक्युरिटी कन्फ्रेन्स’ मा एप्पलले भनेको थियो कि यदि कसैले आईफो वा म्याक सफ्टवेयरमा कुनै किसिमको प्राविधिक फल्टको उजागर गरेमा त्यो पुरस्कार दिइनेछ । यदि कोही ह्याकर्स वा रिसर्चर्स आईफोन ह्याक वा रिमोट एक्सेस गर्न सक्छ भने उसलाई १० लाख अमेरिकी डलरको पुरस्कार दिइने घोषणा गरिएको थियो । – एजेन्सी