काठमाण्डौ । गुगल तथा एप्पलजस्ता टेक्नोलोजी कम्पनीहरुले आफ्नो लेटेस्ट प्रविधिका माध्यमबाट आममानिसको जीवनलाई सरल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
गुगल र एप्पलमा प्रयोग हुने भ्वाइस असिस्टेन्टले प्रयोगकर्ताको आवाजलाई पछ्याउने गर्दछ । प्रयोगकर्ताको निर्देशनबमोजिम भ्वाइस असिस्टेन्टले त्यसको पालना र जवाफ दिने गर्दछ । यसले प्रयोगकर्ताको भावनालाई नबुझ्न पनि सक्छ किनभने यसमा मानवीय भावना बुझ्ने क्षमता रहेको हुँदैन । तर अब एप्पलको असिस्टेन्ट ‘सिरी’ ले प्रयोगकर्ताको अनुहारको हारभाउ पढेर उसको भावनालाई बुझ्न सक्नेछ ।

हालै प्रकाशित एक रिपोर्टअनुसार एप्पलले चाँडै नै सिरीको नयाँ भर्जन लिएर आउँदैछ । जसले प्रयोगकर्ताको भावना र हाउभाउ बुझन सक्नेछ ।

एप्पलका अनुसार कयौँपटक इन्टिलिजेन्स सफ्टवेयरले प्रयोगकर्ताको एक्सन्सलाई नबुझ्न पनि सक्छ । नयाँ सिरीमा एउटा अर्काे भेरिफिकेसन लेयर जोडिनेछ । जसको सहयोगले प्रयोगकर्ताका आग्रहलाई बुझ्न सजिलो हुनेछ । उदाहरणका लागि यदि सिरीलाई भ्वाइस कमान्डका आधारमा जवाफ दिन अप्ठेरो पर्छ भने तब त्यसले अनुहार पढ्नेछ र प्रयोगकर्ताको हाउभाउ बुझ्ने कोसिस गर्नेछ ।

कम्पनीद्वारा जारी गरिएको पेटेन्टअनुसार माइक्रोफोन, अडियो इनपुट, क्यामेरा तथा तस्बिरका माध्यमबाट प्रयोगकर्ताको भावना बुझ्नेछ । यसका लागि कम्पनीले फेसियल एक्सन कोडी सिस्टममा केही खास स्थितिका लागि डाटाको रेन्ड फिड गरिरहेको छ ।

कम्पनीका अनुसार नयाँ सिरीले अनुहार हेरेरै प्रयोगकर्ता खुसी छ वा दुःखी भनेर पत्ता लगाउन सक्नेछ ।