काठमाण्डौ । विश्वका दिग्गज टेक कम्पनीहरुबीच यतिबेला गेमिङ एप्सलाई लिएर शीतयुद्धको सुरुआत भएको छ।

वास्तवमा एप्पलले आइफोन तथा आइप्याडको प्लेस्टोरमा माइक्रोसफ्ट, गुगल र फेसबुकका चर्चित गेमिङ एपहरुलाई स्थान दिन अस्वीकार गरेको छ। अर्थात् यी सबै कम्पनीको गेमिङ एप्सहरु एप स्टोर बिना प्रयोगकर्तासम्म पुग्न सक्ने छैनन्। माइक्रोसफ्टको गेम पास, गुगलको स्टेडिया तथा फेसबुकको गेमिङ एप सबैले स्टोरमा पब्लिसिङको बाधा अड्चनहरुको सामना गर्नुपरिरहेको छ। ती सबै यी कम्पनीहरुका प्रमुख गेमिङ एप्सहरु हुन्। 

एप्पलद्वारा यी गेमहरुलाई एप स्टोरमा स्पेस नदिनुको कारणका रुपमा कम्पनीहरुले आफ्नो प्रत्येक व्यक्तिगत गेमलाई एप्पलबाट रिभ्यु गर्न नचाहनु र कम्पनीको दिशानिर्देशनहरु उल्लंघन गर्नुलाई लिइएको छ। यस विषयमा लिएर एप्पलका प्रवक्ताले एप्पल स्टोरका ग्राहकका लागि सुरक्षित र भरोसायुक्त बनाइएको बताएका छन्। जहाँबाट ग्राहकहरुले एपहरु डाउनलोड गर्न सक्छन्। 

जब कुनै पनि एपलाई स्टोरमा राखिन्छ तब सबैभन्दा पहिला गाइडलाइन अनुसार रिभ्यु गर्ने गरिन्छ। ता कि प्रयोगकर्ताको डेटा सुरक्षित रहोस। 

गुगल प्रवक्ताका अनुसार सबै कम्पनीहरु प्रत्येक गेमको रिभ्युका लागि सबमिट गरिरहेका छैनन्। यस्तोमा एप्पलले ती कम्पनीको गेमिङ एप्सलाई ब्लक गरिरहेको छ। जसले गर्दा गेमहरु प्रयोगकर्तासमक्ष पुग्न सकिरहेको छैन। 

एप्पलले एक बयान जारी गर्दै आफ्ना प्रयोगकर्ता लाखौँ डेभलपर्समार्फत एप तथा गेमको मनोरञ्जन लिने गरेको जनाएको छ। कम्पनीले सबै डेभलपर्सले आफ्नो गेमिङ सर्भिसलाई एप स्टोरलाई एप स्टोरमा लन्च गर्न सक्ने तर यसका लागि यससँग जोडिएको गाइडलाइन फलो गर्नुपर्ने जनाएको छ। 

माइक्रोसफ्टका प्रवक्ताले एप्पलले लगातार गेमिङ एप्सलाई अलग व्यवहार गर्ने गरिरहेको र ननगेमिङ एप्सका लागि कम्पनीले नरम नियमहरु लागू गरेको बताएका छन्। – एजेन्सी