काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको सोमबार सम्पन्न वार्षिक साधारण सभाले बोनसका साथै थामिनसक्नुको हकप्रद वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र कर तिर्न ६ लाख ३९ हजार ४७४ रुपयाँ दिने प्रस्ताव पेश पारित गरेका छ । यसैगरी, संस्थापक सेयर हिस्सा ५१ प्रतिशत बनाउन पहिला १०५ प्रतिशत संस्थापक हकप्रद र यसपछि कायम हुने सम्पूर्ण सेयरधनीलाई फेरि ३०० प्रतिशत हकप्रद जारी गर्ने सभाको विशेष एजेन्डा पारित भएको छ ।
 
एभरेष्टले १० प्रतिशत बोनसपछि कायम हुने १३ करोड ३६ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजीमा पहिला १०५ प्रतिशत संस्थापक हकप्रद जारी गर्नेछ । यसपछि कायम पुँजीमा फेरि अर्को ८२ करोड १९ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ३ सय प्रतिशत हकप्रद जारी गर्नेछ । यसरी बोनस र हकप्रदपछि यस इन्सुरेन्सले चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुर्याउनेछ ।
 
आर्थिक वर्ष २०७३÷७४ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी प्रस्ताव पनि पारित भएको छ ।  कम्पनीको बोनस हकप्रदपछि पुँजी परिवर्तन हुने भएकाले त्यही अनुरुप नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत सभामा लगिंएको थियो ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २६ गतेदेखि सोमबार (वैशाख १० गते) सम्म बुक क्लोज गरेको थियो ।