काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले घोषणा गरेको २० प्रतिशत नगद लाभांश आफ्नो पोल्टामा पार्ने मन छ ? छ भने तपाईले मंसिर २५ गतेभित्र यो बैंकको सेयर खरिद गरिसक्नुपर्नेछ । 

यो बैंकले आर्थिक वर्ष २०७४/७५ को सञ्चित नाफाबाट २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

प्रस्तावित लाभांशको निर्णय पारित गर्न तथा अन्य अजेण्डासहित बैंकले आफ्नो २४ औं वार्षिक साधारणसभा आगामी पुस १० गते आह्वान गरेको छ । 

साधारणसभा प्रयोजनका लागि मंसिर २६ गतेदेखि बुक क्लोजको मिति तोकेको छ । 

यसको अर्थ प्रस्तावित २० प्रतिशत नगद लाभांश पाउन र साधारणसभामा सहभागी हुन मंसिर २५ गतेभित्र बैंकको सेयर खरिद गरिसक्नुपर्नेछ ।