काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र काठमाण्डौको एभरेष्ट अस्पताल प्रा.लि.बीच बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डबाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ५ देखि १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र एभरेष्ट अस्पतालको तर्फबाट अस्पतालका प्रशासन प्रमुख दीपकचन्द्र बरालले हस्ताक्षर गरे ।

हाल यो बैंकको देशभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखारहित बैंकिङ्ग ईकाईको वृहत सञ्जाल रहेको छ । बैंकमा करिब १६ लाख ग्राहक छन् ।