काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र ह्याम्स हस्पिटल बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । 

सो सम्झौतामा ह्याम्स हस्पिटलका अध्यक्ष आर.एस. भण्डारी र एभरेष्ट इन्स्योरेन्सका सहायक महा प्रबन्धक मनोजसिंह भण्डारीले हस्ताक्षर गरेका छन् । 

सम्झौता अन्तर्गत एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट कुनै पनि किसिमको बीमा लेख लिएका वीमितले (प्राकृतिक व्यक्ति) काठमाण्डौको धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा उपचार गराउँदा उक्त हस्पिटलबाट विभिन्न स्वाथ्य उपचार सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।